थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

नेपालमा आइतबार थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ३ सय ४ पिसिआर परिक्षणका क्रममा ६ सय ५६ र २ हजार ७ सय ९ एन्टीजेन परिक्षणका क्रममा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ४ सय १३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४९ हजार १ सय १३ संक्रमित निको भएका छन् । हाल २४ हजार ३ सय १३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्