२ करोड ६० लाखमा भीम अस्पतालको भैरहवामा अक्सिजन प्लान्ट स्थापना

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । रुपन्देहीको २ करोड ६० लाखमा भीम अस्पतालको भैरहवामा अक्सिजन प्लान्ट स्थापना भएको छ । टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्टले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ । बिहीबार उक्त प्लान्टको उद्खाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले गरेका हुनु

कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने प्लान्टको उद्घाटन गर्दै मन्त्री थारुले बताए। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा। शकुन्तला गुप्ताको अनुसार अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

अत्याधुनिक प्रसूति गृह, विरामी कुरुवाका लागि ५० सिटको प्रतिक्षालयसहित विभिन्न कार्यक्रम सञ्चालन र अस्पतालको स्तरोन्नतिमा १७ करोडको लगानी गर्दै अस्पताललाई जिल्लाको नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित काम गरिरहेको भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्