सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सीमापार जयनगर जनकपुर रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । कानुन मन्त्रालयका रायका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर पठाएको छ ।

रेल चलाउन कानुनी व्यवस्थापनबाहेका अन्य सबैजसो तयारी सकिएको र ,टिकट छाप्टेदेखि रेल सञ्चालनका लागि भारतीय कम्पाीसँग गर्ने सम्झौतासम्म सबै भइसकेका सचिव श्रेष्ठले बताएका छन् । अध्यादेश जारी भएपछि एक विशेष समारोह गरेर रेल सेवा सञ्चालनको शुरुआत गर्ने योजना छ ।
भारतले गत ५ कात्तिकमा सीमापार विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४ बाट रेलमार्ग बन्द गरेर यसअघिको न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो ।

ल्याएको रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतको कोंकण रेल्वेसँग सम्झौता गरेको छ । नियमित सेवा दिने गरी महँगो मूल्यमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन । सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

३४ किलोमिटरको जनकपुर(जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर(जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, अहिलेसम्म रेलमार्ग सञ्चालनको मिति तय हुन सकेको छैन ।

यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ सञ्चालन प्रक्रिया मा हस्ताक्षर भने भइसकेको छ । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका विषयहरुलाई प्रोसिड्योरले सम्बोधन गरेको छ ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्