जीप दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । प्युठानमा जीप दुर्घटना हुँदा एकको मृत्यु एक घाइते भएका छन् ।

जिल्लाको मल्लरानी गाउँपालिकाको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी–३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा प्युठान नगरपालिका–४ खड्गडेराका १६ वर्षीय विवेक नेपाली गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि खलंगा स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्