पुनः सुरु भयो बन्ध्याकरण शिविर

Ad
  • कालोपाटी सम्बाददाता

बलेवा । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर यस वर्ष जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अस्पताल बागलुङ र सरोकारवाला संस्थाको सहकार्यमा हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा शिविर हुँदै आएका थिए ।

चालु आर्थिक वर्षको पहिलो बन्ध्याकरण शिविर जिल्लाको ताराखोला गाउँपालिकामा गरिएको छ । मेरिस्टोप्स सेन्टरका चिकित्सक राम यादव नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको समूहले बन्ध्याकरण गरेको हो ।

शिविरमा २२ जना पुरुषको स्थायी बन्ध्याकरण  भ्यासेक्टोमी गरिएको छ । तीन जना महिलाको अस्थायी बन्ध्याकरण इम्प्लान्ट राखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी आचार्यले जानकारी दिए । शिविर यही मङ्सिर १३ गते प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा र १४ गते धौलागिरि अस्पताल बागलुङमा शिविर सञ्चालन हुँदैछ ।

“लामो समय रोकिएकाले यसपटक ५० जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य हो”, जनस्वास्थ्य निरीक्षक आचार्यले भने , “हामी लक्ष्यभन्दा धेरैको बन्ध्याकरण गर्छौं ।” गत आर्थिक वर्षमा बुर्तिबाङमा भएको शिविरमा आठ जनाको मात्रै बन्ध्याकरण भएको थियो । त्यसयताका शिविर कोरोना त्रासका कारण सञ्चालन हुन सकेका थिएनन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्