‘एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ् पठाउन पाउने’ : मन्त्री पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हन् ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उनले भने , “मापदण्ड पुगेका कलेजले पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ । ”

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो । पिसिएल नर्सिङ् अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले अहिलेका लागि ऐन बाहिर गएर काम गर्न नसकिने बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्