सिंहदरबारको पश्चिम गेट नजिक सिंहले खोले सम्पर्क कार्यालय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

नेता सिंहले सिंहदरबारको पश्चिम गेट नजिक ट्राफिक कार्यालयसँगै सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन् । सम्पर्क कार्यालय सन्चालनबारे जानकारी दिन आयोजित कार्यक्रममा नेता सिंहले घरमा भेटघाट गर्नुभन्दा यहाँ सजिलो होस् भनेर सम्पर्क कार्यालय खोलिएको बताए ।

नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने घोषणा गरेका छन् । तर उनकै समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिको उम्मेदवारमा दाबी गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्