‘महाधिवेशन कांग्रेसको मात्रै नभएर प्रजातान्त्रिक भविस्यकालागि महत्वपूर्ण हुने’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन कांग्रेसको लागि मात्रै नभएर नेपालकै प्रजातान्त्रिक भविस्यका लागि महत्वपूर्ण हुने बताएका छन् ।

बिहिबार कांग्रेस नेता डा. प्रकाशशरण महतद्वारा लिखित नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताए । देउवाले महाधिवशेनका लागि सबै उत्साहित भएको भन्दै यस उत्साहपूर्ण घडीमा महाधिवशेन गरेर फर्किंदा सबैले पार्टीलाई बलियो बनाएर कांग्रेसलाई पहिलो पार्टी बनाउन लागिपर्न आग्रह समेत गरे । उनले महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको बताए ।

देउवाले महाधिवेशनमा आफूहरु सकभर सहमतिबाट अगाडि बढ्ने र सहमति नभएन प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धा हुने उल्लेख गरे । उनले प्रतिस्पर्धामा स्वभाविक रुपमा जितहार हुने भएपनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बताए । कार्यक्रममा लेखक डा. प्रकाशशरण महतले देउवाकै नेतृत्वमा एकताबद्ध कांग्रेस बनाएर आगामी निर्वाचन जित्नुपर्ने बताए । सभापति देउवाले पार्टीमा भएका मतान्तरलाई सम्बोधन गरेर सहमति गराएर लैजान सकेकाले नै पार्टी एकताबद्ध भएको भन्दै अरु पार्टीमा त्यसखालको नेतृत्व नभएकाले विभाजित भएको महतको भनाइ छ ।

त्यस्तै नेपालको आर्थिक सामाजिक रुपान्तरण गर्न आर्थिक समृद्धि सृजना गरेर समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्ने महतले बताए । उक्त पुस्तक महतले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्ययनरत रहँदा तयार पारेका थेसिसको संशोधित रुप रहेको उनले जानकारी दिए । उनले कांग्रेसको पहिलो जननिर्वाचित सरकारको आर्थिक नीतिको विषयमा थेसिस लेखेका थिए

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्