‘सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको छ’: प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताए ।

दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने उनको विश्वास छ । उनले मुलुकको लोकतान्त्रीक प्रणालीलाई सवल र सृदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीव्ररुपमा रुपान्तरण गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनुपर्ने धारणा राखे । प्रतिष्पर्धी बिश्व शैक्षिक बजारलाई मध्यनजर गर्दै विश्वबिद्यालयले समयानुकुल आफुलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाई छ ।

 

कार्यक्रममा विश्वविद्यालयबाट बिभिन्न संकायका परीक्षाहरुमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ भने दिक्षित बिद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्