महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । उद्योग वाणिज्य सङ्घ रत्ननगरले आयोजना गर्न लागेको रत्ननगर महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रियस्तरका क्लबको सहभागितामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, आयोजक टिमलगायत ८ टिमको सहभागिता रहने छ । महोत्सवको आकर्षणको रुपमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष एवं महोत्सव मूलसमारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।

उनले भने “दर्शकलाई फरक स्वाद दिनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।” रत्ननगर महोत्सव यही पुस २७ देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुँदैछ । सोही महोत्सव स्थलभित्र माघ ३ गतेदेखि चार दिन भलिबल प्रतियोगिता हुने खेलकूद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताए ।

उनका अनुसार प्रतियोगिता लिगचरणमा हुनेछ । प्रतियोगिताको विजेताले नगद रु दुई लाख, उपविजेताले रु एक लाख, तृतीय हुनेले ५० हजार र चौथो हुने टोलीले २० हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताले महोत्सवमा दर्शकको सङ्ख्या वृद्धि हुने आयोजकको अपेक्षा रहेको छ । रत्ननगर महोत्सव हरेक दुई वर्षमा हुने गर्दछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्