‘सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी’ : मन्त्री भुसाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएका छन् ।

सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशिय विद्युत व्यापारमा सहयोग पु¥याउनका लागि सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताएका हुन् । सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उनले बताए । नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताए ।

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानु भएको बताए । देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उहाँको जोड छ । देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पुयाउनुपर्ने उलने बताए ।

विद्युत खपतलाई वृद्धि गर्नाका लागि सरकारले विद्युतिय चुल्होको प्रयोग र विद्युतिय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारे । उनले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नीजि क्षेत्रलाई आव्हान गरिरहेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्