आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/१०/०५ देखि २०७८/१०/०७)

Ad
  • कालोपाटी सम्बाददाता

हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदली को अवस्था रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ ०५ गते (बुधबार)

दिउँसो : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ।सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०६ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्