प्रधानन्यायधिशको राजीनामा माग गर्दै आन्दोलनरत एशोसिएशनले बिहीबारदेखि आन्दोलनको स्वरुप परिवर्तन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ प्रधानन्यायधिशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनले बिहीबारदेखि आन्दोलनको स्वरुप फेरेको छ । कोरोना महामारी बढेपछि बारले बिहीबारदेखि भर्चुअल माध्यमबाट अन्र्तक्रिया गरी आन्दोलनलाई निरन्तरता दिएको हो । न्यायपालिकाको गरिमा कायम राख, विवादित प्रधानन्यायधिश राजीनामा गर भन्दै बारले भर्चुअल रुपमा आन्दोलन गरेको हो ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै कोरोनाका कारण भर्चुअल माध्यमबाट भएपनि आन्दोलनलाई जारी राखिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण कानून व्यवसायी र सेवाग्रहीहरु समस्यामा परेको र श्रेष्ठले अझै पनि राजीनामा नदिएको भन्दै ९० वटा बार इकाइहरुसंग छलफल सुरु गरिएको बताए । यसबीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सक्रिय भई थप भूमिका लिन खोजे भौतिक रूपमै विरोध कार्यक्रम गर्ने उनले बताए ।

न्यायपालिकालाई स्वतन्त्र र नियमित रुपमा सञ्चालन गर्न प्रधानन्यायाधीशको राजीनामा अन्तिम विकल्प बनेको भन्दै आन्दोलनलाई निरन्तर जारी राख्नुको विकल्प नभएको बारको भनाई छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्