पाँच दलीय समन्वय समितिको बैठक स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनेको बैठक स्थगित भएको छ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको हो ।

सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव अगाडि गर्ने कि प्रतिनिधिसभाको भन्ने विषयमा एकमत नभएपछि बैठक स्थगित भएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राखेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको निर्वाचन अगाडि गर्नुपर्ने पक्षमा छन् ।

समिति संयोजक रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जवी अधिकारीका अनुसार प्रधानमन्त्रीको व्यवस्तताका कारण बैठक स्थगित भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्