उपत्यकामा सवारी साधनको जोरबिजोर प्रणालीमा कडाई

Ad
  • कालोपाटी सम्बाददाता

कामठमाडौँ । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनका लागि कडाई गरिएको छ ।

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले जाँचमा कडाई गरिएको हो । प्रहरीले नियम उलंघन गरेर चलाइएका सवारी साधानलाई होल्डमा राख्ने गरेको छ । जोर बिरोजको नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू गरिएको छ ।

निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ । माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्