नेपालमा मगंलबार १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा मंगलबार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १८ हजार १ सय ३ पिसिआर परिक्षणका क्रममा ९ हजार ४ सय ३२ जना र ७ हजार ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ६७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ हजार ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २७ हजार २ सय ७९ जना निको भएका छन् । हाल नेपालमा ८८ हजार ९ सय ३४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्