औद्योगिक क्षेत्रमा बुलेटमा च्यापिएर ४५ वर्षीय चालकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बालाजुमा ग्यासको बुलेटमा च्यापिएर ४५ वर्षीय चालकको मृत्यु भएको छ। दुई वटा ग्यास बुलेको बीचमा च्यापिँदा उनको बिहीबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा भारत कलकत्ताका दिलीप चौधरी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार ती बुलेट एनएलओ २ क्यु ३७२० र एनएलओ २ क्यु ३७२९ नम्बरको बुलेटको बीचमा चौधरी च्यापिएका थिए। चालक चौधरी एनएलओ २ क्यु ३७२९ को बुलेटका चालक हुन्। बुलेटको अगाडिको भाग पुछपाछ गरिरहेका बेला उक्त बुलेट गुडेर अर्को बुलेटसम्म पुग्दा चालक चौधरी बीचमा च्यापिएका थिए।

गम्भीर घाइते भएका चालकलाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्