साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न चिकित्सक संघको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ। अस्पतालको गाडीमा सवार रहेका साहमाथि बुधबार जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणबाट घाइते डाक्टर साहको टाउकोमा गहिरो चोट लागेको थियो ।

गाडी रोकेर जनमत पार्टीका कार्यकर्ताले झ्यालका सीसा फुटाई डाक्टर साहलाई प्रहार गरेको घटनाप्रति चिकित्सक संघले विरोध गरेको छ । विज्ञप्तिमा उल्लेख गरीएको छ, ‘चिकित्सकलगायत स्वास्थ्यकर्मीको सबैभन्दा बढी महत्त्व रहेको यस महामारीको घडीमा चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोवल घटाउने खालको गतिविधिले हामीलाई स्तब्ध तुल्याएको छ र यसको भर्त्सना गर्दछौं,’

उनीहरूले यस घटनाबारे सरकारसँग दुई वटा माग पनि राखेका छन्। चिकित्सकमाथि आक्रमण गर्नेलाई मानव अधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधलगायत मुद्दा चलाउनुपर्ने तथा नियमानुसार गैर जमानती हिरासतमा राख्ने र कडा सजाय दिलाउनुपर्ने माग उनीहरूको छ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्