खारेजीको प्रक्रिया सुरु भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि बतास समूहले लगभग एक करोड भाडा बुझाएको छ । सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै बतास समुहले भाडा बुझाएको हो । होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको पर्यटन मन्त्रालयको गठन गरेको छानबिन समितिले औँल्याएको थियो ।

बुधबार उक्त रकम कोषको खातामा जम्मा भएको कोषाध्यक्ष सुवेदीले जानकारी दिएका छन् । ‘असुलउपर गर्न बाँकी रकम कोषको खातामा जम्मा भएको छ, भौचर पनि कार्यालयमा आएको छ,’ उनले बताए  । परिषद्को मंगलबारको बैठकले कोषका सदस्यसचिव डा। मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्य देवीप्रसाद बराल र पर्यटन मन्त्रालयका सहसचिव डा। टोकराज पाण्डेसहितको तीन सदस्यीय समिति गठन गरिसकेको छ । समितिले होटेल आनन्द प्रालिसँग स्पष्टीकरण लिएर सम्झौता खारेजीको औपचारिक निर्णयको म्यान्डेट पाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्