कोरोनाबिरुद्धको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा निवेदन दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालको भातृ संगठन युवा संघ नेपालले कोरोनाबिरुद्धको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा निवेदन दर्ता गरेको छ ।

कोरोनाबिरुद्धको खोपमा भएको भ्रष्टाचारमा संलग्न भएको भन्दै स्वास्थ्य मन्त्री विरोध खतिवडा र अन्य व्यक्ति उपर छानविन गरि कारवाही गर्न युवा संघले अख्तियारमा निवेदन दर्ता गराएको हो । खतिवडा मन्त्री नियुक्त भएपछि २४ लाख डोज खोप हिनामिना गरी राज्यको २ अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अनुसन्धान गरि कारवाही गर्न निवदेन दर्ता गरिएको युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए । खोप हिनामिना कार्यमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरिएको उनले बताए ।

युवा संघले कोरोना महामारीबाट जोगाउका लािग केपी ओली नेतृत्वको सरकारले निशुल्क खोप अभियान सञ्चालन गरेपनि बर्तमान सरकारले भने खोपको चरम दुरुपयोग गरेको आरोप लगाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्