अग्रज पत्रकार खड्काको निधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उनको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिए ।

दिवङ्गत खड्काको बिहीबार गृहजिल्लामै अन्त्येष्टि गरिने भएको छ । उनको पहलमा विसं २०२८ मा बागलुङबाट ‘धौलाश्री’ साप्ताहिक प्रकाशनमा आएको थियो । खड्का त्यसको सम्पादक छन् । विसं २०५८ मा दैनिक रुपमा प्रकाशन हुन थालेको उक्त पत्रिका विसं २०६३ मा बन्द भए पनि त्यसको अनलाइन संस्करणले निरन्तरता पाउँदै आएको थियो । खड्काले विसं २०५७ मा गठित नेपाल पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाको संयोजक भएर काम गरेका थिए ।

उनका तीन छोरा छन् । खड्काकी श्रीमती गङ्गाको पनि निधन भइसकेको छ । खड्काले दिवङ्गत आमा सुमित्रा र श्रीमती गङ्गाको स्मृतिमा ‘सुगङ्गा पुरस्कार’समेत स्थापना गरेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्