‘सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने’: महासचिव भुसाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरु कार्यदलको निस्कर्षपछि समाप्त हुने बताएका हुन् । उनले स्थानीय चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको पनि बताए । महासचिव भुसालले एमसीसी बारेका ९ वटा दस्ताबेजको बारेमा कार्यदलले गम्भीर अध्ययन गरिरहेको पनि बताए । उनले एमसीसी स्थानीय निर्वाचनको एक एजेण्डा भएको भन्दै चुनावको सबै एजेण्डा एमसीसी मात्रै भएको तर्क गर्नु नहुने बताए । महासचिव भुसालले एमसीसीले देशलाई फाइदा नगर्ने हो भने पास गर्नु नहुने भन्दै एमसीसीको सबै दस्ताबेजहरुको बारेमा कसैले पनि पूरा अध्ययन नगरेको बताए ।

त्यस्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले विदेशी सहायताको क्षेत्रमा मुलुकले र नेतृत्वले राष्ट्रिय हीत अनुकुल छ वा छैन भन्ने कुराको सुक्ष्म विश्लेषण गर्न आवश्यक रहेको बताए । उनले एमसीसी संसदमा पठाएर मात्रै पास हुने भएकोले त्यस बारेमा राष्ट्रको हीतअनुसार काम अघि बढाउनु पर्ने बताए ।

जबराले एमसीसीलाई संसदले गम्भीर अध्ययन गरेर अघि बढ्न सके देशको हीत हुने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्