एन्फाको निर्वाचन कमिटी गठन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले निर्वाचन नियमावली प्रस्तावित मस्यौदा पारित गरेको छ ।

बिहीबार ललितपुरमा बसेको एन्फाको १६ औं कार्यसमिति बैठकले निर्वाचन नियमावली प्रस्तावित मस्यौदा फिफा र एएफसीको निर्देशनहरु पालना गर्ने गरि पारित गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन समिति गठन गर्दै बिभिन्न व्यक्तिहरुलाई निर्वाचन समितिमा मनोनयन गर्न २० औ बिशेष साधारण समितिमा पेश गर्ने निर्णय पनि गरेको छ । निर्वाचन समितिको संयोजकमा अधिवक्ता राम दवाडी रहेका छन् ।

यसैगरी सह संयोजकमा अधिवक्ता रामचन्द्र गौतम र सदस्यमा दामोदर भट्टराई रहेका छन् । यसैगरी बैठकले निर्वाचन पुनरावेदन समिति गठन गर्दै संयोजकमा अधिवक्ता विष्णु लुईँटेल र सह संयोजकमा अधिवक्ता सुधा रिजाललाई मनोनयन गर्दै बिशेष साधारण समितिमा पेश गर्ने निर्णय गरेको छ ।

एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ १५ गते चुनाव हुँदै छ । एन्फाको निर्वाचनमा ९२ जनाको सदस्यता रहे पनि योग्यता नपुगेका कारण ५ जनाले चुनावमा मतदान गर्न पाउने छैनन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्