माधवनारायणको एक महिने व्रतका क्रममा मंगलबार गरियो बिशेषस्नान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रतका क्रममा मंगलबार बिशेषस्नान गरिएको छ ।

ब्रतालूहरुले शालिनदीमै स्नान गरी माधवनारायणको पूजाआजा समेत गरेका छन् । माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्ने परम्परा छ । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालिनदी किनारमा बसेर खिर खाने परम्परा छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ ।

साँखु शालिनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधव नारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनरायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गर्छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्