‘खेलकुदको क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिने’:संयोजक बस्नेत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल खेलकुद महासङ्घका संयोजक पर्शुराम बस्नेतले खेलकुदको क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिने बताएका छन् ।   मंगलबार काठमाडौंमा पदबहाली गर्दै बस्नेतले खेल क्षेत्रलाई सुधार गर्नुपर्ने भन्दै यसका लागि नीति निर्माण गर्न पहलकदमी लिने बताए ।

उनले वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगदसहित सम्मान गर्ने बताए । त्यस्तै महासंघको अधिवेशनमा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने उनले जानकारी दिए । सो अवसरमा यसअघिका संयोजक रमेश पौडेलले पद हस्तान्तरण गरेका थिए । एमाले केन्द्रीय सदस्य मनोनित भएपछि संयोजकको जिम्मेवारी बस्नेतले पाउनुभएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्