होटल याक एण्ड यती बन्द , पाँच तारे वर्गीकरण रद्द, सम्पत्ति रोक्का

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं दरबारमार्गमा रहेको  होटल याक एण्ड यती र सोहि होटेलद्वारा  सञ्चालित क्यासिनो सञ्चालन नगर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौँको  “याक एण्ड यति” होटलमा सञ्चालित क्यासिनोले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ ।

बुझाउन बााकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने निर्णय गरेका थिए । मन्त्री आलेले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेको पर्यटन विभागले होटलललाई लेखेको पत्रमा उल्लेख छ । हेर्नुहोस पत्र :

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्