बिहिबार नेप्से परिसूचक ११.९६ अंकले गिरावट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा गिरावट आएको छ ।बिहीवार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ । आज कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधवारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । बुधवार ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । बिहीवार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.५७ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ०.५४ प्रतिशत बढेको छ । बाँकी उपसूचकको सूचकमा गिरावट आएको छ ।

बिहीवारको कारोबारमा नेप्से परिसूचकमा गिरावट आए पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मुल्य ५.३३ प्रतिशत बढेको छ । त्यस्तै नबिल इक्विटी फण्ड, सिन्धु विकास बैंक, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर मूल्य बढेको छ भने मिथिला लघुवित्त, नेरुडे लघुवित्त, नेपाल फाइनान्सको शेयर मूल्य घटेको छ । बिहीवार कारोबार रकमका आधारमा २५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावरको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्