त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । क्याम्पस÷विभाग÷स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि फागुन १ गतेदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्