स्प्राइटले ल्यायो आर्कषक उपाहार जित्ने मौका

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि स्प्राइटसँग जित्ने मौका नामक क्याम्पेनको शुरुवात गरेको छ । यो प्रमोशन स्प्राइटको  क्लियर रहअभियानको हिस्सा रहेको र यसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीले जनाएको छ ।

यस योजनामा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसी रहेको यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने सक्ने कम्पनीले जनाएको छ। यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।  यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ अथवा सीधै वेबसाइट मा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ ।

सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना २०७८ फागुन १८ देखि २०७८ चैत १६ सम्म लागु हुनेछ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागू हुने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्