थप १२ दिन हिरासतमा राखेर पल शाहलाई अनुसन्धान गर्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भएको छ । जिल्ला अदालत तनहुँले पूर्णविक्रम शाहलाई पल शाह थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको छ ।

१७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका थिए । फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । शाहविरुद्ध बलात्कारसम्बन्धी इलाका प्रहरी कार्यालय नवलपुरमा अर्को जाहेरी परेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्