‘निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड हो’ : सांसद रावल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् ।   उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे । सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्