वडाध्यक्षका उम्मेदवारको मृत्युपछि एमालेले बनायो उनकै छोरालाई उम्मेदवार

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ । आज बसेको जिल्ला सचिवालयको बैठकले स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको हो ।

उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ र बुधबार र बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएसगंै प्रदिपले आजै निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षका उम्मेदवार लवरु चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्