त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने, हेर्नुहोस सूचना सहित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा आइतबार बिदा नदिने भएको छ । कोभिडका असरका कारणले शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै आइतबार बिदा नदिने त्रिविले बताएको हो ।

बिदा बारेमा विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै आइतबार विश्वविद्यालयमा पढाइ सञ्चालन गर्ने जानकारी गराएको छ । जारी सुचनामा भनिएको छ,‘विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहनेछन् ।’

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्