चौविसे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार लिम्बु निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार राजकुमार लिम्बू पाँच हजार ३८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका दलबहादुर मगरलाई एक हजार ४७ मतान्तरले पराजित गरेका हुन् । पराजित दलबहादुर मगरले तीन हजार ९९१ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी टंकमाया मगरले चार हजार ९८३ मत पाएर विजयी भएकी छन् । उनले गठबन्धनका जनता समाजवादीका दिवा चेम्जोङलाई ९९५ मतले पराजित गरेकी हुन् । चेम्जोङले तीन हजार ९८८ मत पाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्