नुवाकोटको १० स्थानीय तहको नतिजा सार्वजनिक, हेनुहोस् कहाँ कसले जित्यो ?

Ad
  • कालोपाटी सम्बाददाता

नुवाकोट । नुवाकोटको १० वटा गाउँपालिकाको मतगणना सार्वजनिक भएको छ । मतगणना सकिएको १० स्थानीय तह मध्ये तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिका गरी ३ वटा स्थानीय तहमा अध्यक्ष त्यस्तै लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका र म्यागङ गाउँपालिका गरी ३ स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष नै नेपाली कांग्रेसले जितेको जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकामा मतगणना जारी रहेको छ ।

ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष त्यस्तै तादी गाउँपालिका, शिवपुरी गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ३ स्थानीय तह विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाको प्रमुखरउपप्रमुख र तारकेश्वर गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष जितेको थियो ।

अहिलेको निर्वाचनमा किस्पाङ गाउँपालिकाको अध्यक्ष मात्रै नेकपा एमालेले जितेको छ । मतगणना जारी रहेको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, उपप्रमुखमा नेकपा माओवादी केन्द्र अग्रस्थानमा रहेको छ । त्यस्तै वेलकोटगढी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेको ३ स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरी साझा उम्मेदवार चुनावी मावलमा होमिएका थिए  ।

त्यस्तै जिल्लाको किस्पाङ गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । जिल्लाको शिवपुरी गाउँपालिका र सूर्यगढी गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्