बाँकेको खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित भएका खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाउका थिए । उपाध्यक्षमा मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गरेका थिए । उनले आठ हजार ९१ मत ल्याएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्