उद्योगमन्त्रीले ओलीविरुद्ध बोलेपछि एमालेको नियमापत्ति, संसद बैठक १५ मिनेटलाई स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा सार्वजनिक महत्वका विषयमा विशेष समय लिएर बोल्न पुगेका बडूले ओलीको भनाइ भ्रामक, स्तरहीन र खेदजनक छ भने पछि संसद अवरुद्ध भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा रुलिङ गरे । तर, मन्त्री बडू रोकिएनन् । उनले थपे, ‘जनताको हितमा गरिने सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा, साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्ने उखान स्मरण गराउँछ।’ एमालेले नियमापत्ति गरिरह्यो । सांसद्हरुले विरोध जनाउँदै संसद् नै अवरोध गरे । होहल्लाकाबीच मन्त्री बडू फेरि बोलिरहे। मन्त्री बडूबाट ओलीलक्षित अर्को वाण प्रहार भयो, ‘सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न पनि सुझाव दिन चाहन्छु ।’

यसबीचमा एमाले विरोध जनाइरहेको थियो । बडूले बोलिरहेपछि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बोल्ने समय मागे । उनले प्रमुख प्रतिपक्ष दलका नेतामाथि गम्भीर आक्षेप लगाउँदै सडकमा पनि प्रयोग गर्न नमिल्ने भाषा प्रयोग भएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्