काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ ग्रहण गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गर्ने भएका छन् । नवनिर्वाचित मेयर बालेन्द्र साह बालेन, र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले शपथ ग्रहण गर्ने भएका हुन् ।

काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्