सरकारले किसान पेन्सन योजना ल्याउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले आगामी वर्ष ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै बजेटमा उनले किसान पेन्सन योजना ल्याउन लागिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’ यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । उनले भने, ‘कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’ किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत उनले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्