प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण, ५५ अर्ब ९७ करोड कृषि तथा पशु मन्त्रालयका लागि बिनियोजन

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौं ।  स्थानी र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८०को बजेटमा   यस्तो अनुदानको व्यवस्था गरिएको उल्लेख गरिएको छ  । अर्थमन्त्री शर्माका अनुसार यसबाहेक राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ ।
वित्तीय समानीकरणतर्फ प्रदेशमा ६१ अर्ब ४३ करोड, स्थानीय तहमा १ खर्ब २३ करोड रुपैयाँ पठाउने व्यवस्था मिलाएको छ  । ससर्ततर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ करोड विनियोजन भएको छ । त्यस्तै सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट बिनियोजन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्