पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन, आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् ।

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने बजेटमा उल्लेख छ । हिल स्टेशन विकासमा प्रदेश र स्थानीय तहको साथ लिइने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्