तारा एयरको जहाज दुर्घटना : मृतकको शव संकलन गरी काठमाडौं ल्याइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने भएको छ । आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका(२ सानुसरे भन्ने भिरमा दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो ।

मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालकदलको शव ल्याउनका लागि अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । शव काठमाडौं ल्याएलगत्तै महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा लैजाने तयारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

मौसमले साथ दिइरहेको छैन । शव लिनका लागि क्लाइम्बर र रेस्क्यु टिम घटनास्थलमा पुग्न बाँकी नै छ । उताबाट सेनाको एमआइ(१७ हेलिकोप्टरमार्फत शव ल्याइनेछ । काठमाडौंको डोमेस्टिकतर्फ आर्मीको ह्याङ्गरमा हेलिकोप्टर अवतरण गराइनेछ, उनले भने, त्यसपछि टिचिङ हस्पिटल लगिने तयारी छ ।

दुर्घटना छानबिनका लागि आजै समिति गठन गर्ने पनि तयारी रहेको उनले जानकारी दिए।  जहाज र शव छरिएको अवस्थामा फेला परेको दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताए । शव नजलेको र चिनिने अवस्थामा रहेको पनि उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्