सवारी चालक अनुमतिपत्रको फाराम आज साँझदेखि पुनः खुल्दै, आफैंले रोजेको दिनमा परीक्षा दिन पाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन फारम जेठ १६ गते सोमबार साँझ देखि पुनः खुल्ने भएको छ । धेरै चाप र सीमित सेवा दिने प्रणालीका कारण लाइसेन्सको व्यवस्थापनमा समस्या आएपछि बन्द गरिएको विभाग आज देखि खुल्ने भएको हो । चैत १ देखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द छ ।   यसबीच विभागले नयाँ सर्भर तयार गरी परीक्षण गरिसकेको छ ।

उक्त परीक्षण सफल भएमा सोमबारदेखि सेवाग्राहीले अनलाइनबाट आवेदन दिन पाउनेछन् ।  यातायात व्यवस्था विभागका अनुसार अनलाइन फारम प्रणाली अब सेवाग्राहीमैत्री अप्सनसहितको रहेको छ । अब अनलाइनबाट फाराम भर्नेले आवश्यक दस्तुर बुझाउन र सम्पर्क मिति लिन सक्नेछन् । यसले देशैभरी रहेका विभागको २४ वटा कार्यालयबाट दैनिक १५ हजार जनालाई सेवा प्रदान गर्नेछ । यसका लागि विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा नयाँ सर्भर तयार गरिसकेको छ ।

अब राजस्व अनलाइनबाटै तिर्न मिल्ने सुविधा पनि समावेश गरिएको यातायात व्यवस्था विभागका उपमहानिर्देशक तथा प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए ।  विभागले लाइसेन्सका लागि नयाँ अनलाइन फारम खुलाउँदा राजस्व पनि अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । यसअघि कार्यालयले जुन दिन भन्यो त्यही दिन जानुपर्ने भए पनि अब दुई साताभित्र कुन दिन जाने भनी सेवाग्राही आफैंले खाली भएमा छानेर जान सक्ने प्रवक्ता पनेरुले बताएका छन् ।

फारम अनलाइनबाट भरे पनि सबै कुरा अनलाइनबाट नहुने हुँदा सेवाग्राही मेडिकल जाँच, नागरिकता पुष्टि गर्न कार्यालय जानु पर्छ । अनलाइन फारम भरेकाबाट परीक्षा १५ दिनभित्र क(कसको लिइने भनी सूचना प्रकाशित गरिने छ । नयाँ प्रणालीमा पहिले अनलाइन राजस्व बुझाएपछि मात्रै फारम भर्ने व्यवस्था मिलाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्