काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले गरे पद तथा गोपनियताको शपथ ग्रहण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ९बालेन०ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन् ।

खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका बालेनले दलहरुको हेभिवेट उम्मेवारहरुलाई पराजित गर्दै महानगर प्रमुखमा जित निकालेका हुन् । उनले सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउने बताएका छन् । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउने छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्