जिल्ला प्रशासनद्धारा २१ सरकारी कार्यालयको अनुगमन, ११ कर्मचारी अनुगमनको समयमा अनुपस्थिति

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयले विभिन्न २१ सरकारी कार्यालयमा अनुगमन गरेको हो । छ कार्यालयका ११ कर्मचारी अनुपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार जिल्ला मालपोत कार्यालयमा दुई, विद्युत प्राधिकरण शाखा कार्यालयमा तीन, शिक्षा समन्वय एकाइमा एक, पूर्वाधार विकास कार्यालयमा दुई, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा एक र स्वास्थ्य कार्यालयमा एक गरी जम्मा ११ कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहेका थिए । बिहान ९ देखि ११ बजेसम्म गरिएको अनुगमनमा अधिकांश कर्मचारीले कार्यालय पोशाक पनि नलगाएको देखिएको श्रेष्ठले जानकारी दिए ।

अनुगमनका क्रममा अनुपस्थित रहेका कर्मचारीका बारेमा तत्काललाई सम्बन्धित कार्यालयलाई स्पष्टीकरण सोधिने र दोस्रो चरणमा पनि उही कर्मचारी अनुपस्थित रहेमा सम्बन्धित कर्मचारीलाई नै स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्