दशरथचन्द बहुउद्देश्यीय नगर भवनको निर्माण कार्य सुरु, १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । बैतडी सदरमुकामस्थित गोठलापानीमा दशरथचन्द बहुउद्देश्यीय नगर भवन निर्माण सुरु भएको छ । भवन गोठलापानी बजार छेउमै बनाउन लागिएको हो । नगर विकास कोषबाट प्राप्त ७० प्रतिशत ऋण र नगरपालिकाको ३० प्रतिशत लगानीमा उक्त भवन निर्माण गर्न लागिएको नगरपालिकाका इञ्जीनियर जयसिंह बोहराले बताए । तत्काल दुईतले भवन निर्माण गर्ने योजना छ ।

रु तीन करोड ७४ लाख ३ हजार ६६८ को लागतमा बन्ने भवनमा सवारी साधन पार्किङको सुविधासहित कार्यालय प्रयोजन र व्यावसायिक सटर, बैठककक्ष निर्माण गरिने जनाइएको छ । उक्त भवन १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको छ । भवन निर्माणको जिम्मा न्यू ड्रागन-फरच्युरलेण्ड जेभीले पाएको छ ।

निर्माण गर्न लागिएको उक्त भवन नगरप्रमुख पुष्करराज जोशी लख्खाभाइ र उपप्रमुख कौशिला चन्दले संयुक्तरूपमा शिलान्यास गरे । यसअघिको नगरभवन जीर्ण भएकाले त्यो ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्