‘बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन’ : अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए ।

अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए । “अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन्”, उनले भने , “हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै भने , “बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन ।” उनले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्