एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीहरुको नामावली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको नाम हेरफेर गरेको छ । समाजवादीले  यसअघि सरकारमा रहेका ५ मन्त्रीहरूलाई फिर्ता बोलाएर ५ नेताको नाम  प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । मेटमणि चौधरी शहरी विकासमन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री बन्नेछन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ ।

यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको पौडेलले बताए । यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।​

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्