बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ, १५ दिन कैद सजाय र जरिवाना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरीलाई आज प्रहरीले पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम १५ दिन कैद सजाय र रु ५० लाख जरिवाना तथा गिरीलाई विसं २०७६ माघमा १५ दिन कैद सजाय र रु ५४ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।  प्रहरीले सुब्बालाई कालोपुल र गिरीलाई नयाँबस्तीबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँ पेश गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्