मंगलबार ४५ दशमलव ५९ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ बिन्दुमा पुगेको हो । मंगलबार कुल २३४ कम्पनीको ३८लाख ८७ हजार ७ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १अर्ब २७ करोड ३१ लाख २८हजार माथिको सेयर कारोबार भएको छ ।

मंगलबारको सबैभन्दा बढी हिमालयन बैंक लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ६ करोड ११ लाख ८८ हजार ६ सय ८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट ल्याएपछि सेयर बजार लगातार घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्